काठ्माण्डु........................

अज्ञात विषालु कीराको आतंक
काठमाडौँ

नौबिसे गाविस वडा नं. ७ स्थित पाठक गाउँमा महिलालाई मात्र टोक्ने अज्ञात विषालु कीराले टोक्ने क्रम बढ्दै गएपछि स्थानीय बासिन्दामा आतंक छाएको छ। उक्त कीराले टोक्नाले तिहारसम्ममा एकजना महिलाको मृत्यु भएको थियो भने तीनजना सिकिस्त भएका छन्। कीराको टोकाइबाट केदार भट्टकी श्रीमतीको मृत्यु भएको थियो । सोही कीराले टोकेका दुई जनाको काठमाडौँको टेकु अस्पतालमा उपचार भइरहेको छ । जङ्गलमा घाँसदाउराका लागि जङ्गल जाने महिलालाई मात्र टोक्ने उक्त कीराको टोकाइपछि अरिङ्गालले टोकेजस्तो पीडा हुने टोकेको ठाउँ सुन्निदै जाने , बान्ता भई मूर्छा पर्ने र बिरामीको रगत परीक्षण गर्दा रगतमा विषको मात्रा देखिने बताइएको छ ।

काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना
काठमाडौ

काठमाडौको सुरक्षा व्यवस्था अबदेखि महानगरीय प्रहरीले गर्ने भएको छ । गत कात्तिक ३ गतेको मन्त्रिपरिषदको निर्णय बमोजिम काठमाडौ महानगरपालिकामा महानगरीय प्रहरी व्यवस्था लागू गर्न लागिएको हो । यसै सम्बन्धमा जानकारी दिन  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक ओम विक्रम राणाले सम्भव भएसम्म यही मंसिर १ गतेदेखि महानगरीय प्रहरी व्यवस्था लागू गरिने बताएका छन् । विश्वका अन्य सुरक्षित मुलुकहरुमा महानगरीय प्रहरी व्यवस्था लागू भए अनुसार नेपालमा बढ्दो सहरीकरणसँगै अपराध नियन्त्रणका लागि यो व्यवस्था लागू गर्न लागिएको जनाइएको छ ।

पत्रकार सम्मेलनमा महानिरीक्षक राणाले यो व्यवस्था पाँच चरणमा लागू हुने जानकारी दिदै यसमा कुल जनशक्ति १३ हजार ५२ जना रहनेमा उपत्यकामा अहिले ५ हजार ३ सय ४० प्रहरी कार्यरत रहेका छन् । यो व्यवस्था लागू भएपछि महानगरीय प्रहरी प्रमूखलाई प्रहरी आयुक्त भनिने जसलाई हातहतियार राख्ने , होटल रेष्टुराँ सञ्चालन गर्ने लगायतका अनुमति दिने अधिकार रहनुपर्ने नेपाल प्रहरीले प्रस्ताव गरेको छ ।

त्यस्तै जिल्ला प्रशासन अधिकारीमा रहने कतिपय अर्ध न्यायिक अधिकारहरु पनि प्रहरी आयुक्तमा सारी एकात्मक नेतृत्व दिनुपर्ने नेपाल प्रहरीको प्रस्ताव रहेको छ । पत्रपत्रिका दर्ता तथा सञ्चालन , चलचित्रको सेन्सरसिप गर्ने जस्ता अधिकार पनि आयुक्तमा रहनुपर्ने प्रस्ताव गरिएको छ । यसको संगठनात्मक स्वरुपमा प्रहरी एसपीको नेतृत्वमा प्रहरी परिषद रहने यस अन्तर्गत डीएसपीको नेतृत्वमा महानगरीय प्रहरीवृत्त तथा प्रहरी निरीक्षकको नेतृत्वमा महानगरीय प्रहरी विभाग रहने गरी प्रहरी महानिरीक्षक राणाले जानकारी दिएका छन् ।

अत्याधुनिक उपकरणसहितको कन्ट्रोल रुम स्थापना गरिने र राजधानीका विभिन्न स्थानबाट ५० वटा सीसी टीभीसहित प्रहरीको गाडी २४ घण्टा तैनाथ गरिने पनि जानकारी छ

साथै गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १ सय ७२ अपराधिक घटना भएको तथ्यांक पनि  त्यस बखत सार्वजनिक गरीएको थियो । अहिले राजधानीमा माओवादीले समानान्तर रुपमा सुरक्षा व्यवस्थाको नाममा आफ्नो क्रियाकलाप जारी राखेको तथा अनुसन्धानको नाममा विभिन्न व्यक्तिहरुलाई यातना दिने गरेकोप्रति प्रहरी प्रशासन किन मौन छ भन्ने जिज्ञासामा प्रहरी प्रमुख राणाले यस्ता ज्यादत्तिका घटनाबारे आफूहरुलाई पत्रपत्रिकाबाट मात्रै जानकारी आएको र पीडितहरुले अहिलेसम्म रिपोर्ट नगरेको हुँदा त्यस बारे थप कारवाही गर्न नसकिएको हो  ।

दुर्घटनामा परी चारको मृत्यु ३० घाइते
काठमाडौ

नुवाकोटको देउरालीबाट त्रिशुलीतर्फ आइरहेको एउटा मिनी ट्रक आइतबार विदुर नगरपालिका-९ डाँडाविसेमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।खचाखच यात्रु लिएर हिडेको बा१ख ९७२१ नम्बरको सो मिनी ट्रक साँझपख सडकबाट २० मिटर जति तल खसेको थियो । मृत्यु हुने तामाङको घटनास्थलमै र अन्य तीन जनाको उपचारका लागि लैजाँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी धादिङ सत्यदेवी-८ की ३२ वर्षिया शिरचम तामाङ, सोही गाविसका साँहिला तामाङ र यमेल तामाङको सनाखत भएको छ भने अन्य एक जनाको सनाखत हुन सकेको छैन । अर्का सनाखत हुन नसकेको शव पुरुषको रहेको प्रहरीले जनाएका छन।

आठै दलबीच शिखर वार्ता आज हुने
काठ्माण्डु

पहिलो शिखर वार्ता पनि असार २ गते प्रधानमन्त्री निवास बालुवाटारमा नै भएको थियो । स्रोतहरुका अनुसार आज हुने शिखर वार्ताका लागि आठै दलबीच गृहकार्य भइरहेको छ । सात दल र माओवादीबीच ब्यग्रप्रतिक्षित शिखर वार्ता आज बिहान ८ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा हुन गईरहेको बुझिएकोछ । राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर विश्वेश्वरप्रसाद कोइरालाले २०३३ मा शुरु गर्नु भएको चियापान समारोहलाई कांग्रेसले निरन्तरता दिदैँ आएको छ प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको अनौपचारिक बैठकमा सहभागी सदस्यहरुले विगतमा भएका सहमति माओवादीका तर्फबाट कार्यन्वयन नभएको आरोप लगाएका थिए । कांग्रेस सभापति एवं प्रधानमन्त्री कोइरालाले सुझाव दिन सदस्यहरुलाई समय दिएपछि धेरैजसो केन्द्रीय सदस्यहरुले माओवादीले चन्दा आतंक जारी राखेको, सहमति अनुरुप सर्वसाधारणका कब्जा गरिएका जग्गा र सम्पत्ति फिर्ता नगरेको गुनासो गरेका थिए । यता सरकार र माओवादीबीच आज हुने शिखर वार्तामा नेपाली कांग्रेसले हतियार व्यवस्थापनको मुद्दालाई प्रमुख एजेण्डाका रुपमा प्रस्तुत गर्ने भएको छ। ललितपुर सानेपामा अपरान्ह २ बजे सुरु भएको चियापान समारोहमा कूटनीतिक नियोगका अधिकारी, राजनीतिक दल, पेशागत संघ संगठन, पत्रकार, निजामति कर्मचारी, सेना, प्रहरी लगायत नागरिक समाजको अगुवाहरु सहभागी रहेको थियो ।

प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो
काठमाण्डौ

प्रधानमन्त्रीले विजयादशमीका दिन राजाको हातबाट टीका ग्रहण गर्ने यो  परम्परा तोडिएको यो पहिलो पटक हो । सेरेमोनियल किङको अभिब्यक्ति दिएर चरम बिबादमा मुछिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले यसपटकदेखि राजाको हातको टिका ग्रहण नगर्ने उद्घोष गरेको समाचार छ । प्रधानमन्त्री कोइरालाको पारिवारिक सुत्रका अनुसार दशै अवधिभर उहाँ विराटनगरमै वस्नु हुनेछ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दशैं मनाउन शुक्रबार विहान ९ बजे गृहनगर विराटनगर जानुभएको हो । उहाँ ५ दिनसम्म विराटनगरमा रहनुहुने बताइएको छ ।

लोकतान्त्रिक सरकार बहाली भएको पहिलो दशैं अहिले नेपालीको घरआंगनमा भित्रिएको छ । राजाको स्थान जोगाउने अभिमतमा आफुलाई खुलेर उभ्याउने कोईरालाले राजाको हातबाट टिका बहिष्कार गरिनुलाई रहष्यमय ढंगले हेरिएको छ ।

राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला
काठमाडौ

नेपालको राजदरवारले लामो समयदेखि बेलायती सेना नेपालीलाई पठाए बापत ठूलो रकम हात लगाउने गरेको रहस्य सार्वजनिक भएको छ ।

नेपालमा समेत अत्याधिक जग्गा राखेको र बिभिन्न उद्योगमा राज्यलाई कर समेत नतिरी लगानी गरेको आरोप लागेको नेपाली राजदरवारले अर्को बिवादस्पद ढंगले रकम बुझेको रहस्य आइतवार खुलेको छ ।

परराष्ट्र तथा मानवअधिकार समितिसाग आइतबार भएको छलफलमा संयुक्त गोरखा भूतपूर्व सैनिक सङ्घका प्रतिनिधिहरूले प्रत्येक वर्ष बेलायतले नेपाली राजदरबारलाई १० लाख पाउण्ड दिने गरेको रहस्य खोलेका छन् । उनीहरूले प्रत्येक वर्ष बेलायती सैनिकका बि्रगेडियर स्वयम् आई राजालाई उक्त रकम बुझाउने गरेको दाबीसमेत गरे । यसअघि प्राकृतिक स्रोत तथा साधन समितीले राजा र राजपरिवारका नाममा रहेका हज्जारौ बिगा जग्गा र दर्जनौ उद्योगमा लगानी रहेको खुलासा गरिसकेको छ भने अझै खोज्ने काम जारी रहेको छ। समितिका सदस्य सुरेश कार्कीले गोर्खा सैनिकहरूको दावीका विषयमा छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन्  । भूतपूर्व सैनिकहरूले आफ्ना समस्यालाई लिएर बनाएको वृत्तचित्रको अध्ययनपछि थप अन्य विषयमा पनि छलफल गरिने  बताएका छन् ।

कोइराला र प्रचण्डबीच भेटवार्ता
काठमाडौं

प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष प्रचण्ड बीच आइतबार भेटवार्ता भएको छ । वार्तामा हतियार ब्यबस्थापन, अन्तरिम संविधान, अन्तरिम सरकार, राजाको स्थान र संविधान सभाको प्रकृयाबारे महत्वूर्ण छलफल भएको  छ । वार्तामा गृहमन्त्री कृष्ण सिटौला र माओवादी नेता बाबुराम भट्टराइको पनि उपस्थिती थियो ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको वार्ता पछिल्ला दिनमा चिसिएको सरकार-माओवादी सम्बन्ध र वार्ताप्रकृयाको निरन्तरतामा केन्दि्रत रहेका बुझिएको छ ।दिउँसो ४ बजे सुरु भएको वार्ता एक घन्टासम्म चलेको थियो । औपचारिक रुपमा शिखर वार्ता दशैँ अगाडी नै गर्ने सहमति भएको छ ।

दक्षिण कोरियामा राप्ती अञ्चलस्तरिय भेला हुने
दक्षिण कोरिया

दक्षिण कोरियामा रहेका राप्ती अञ्चलबासी प्रवासी नेपालीहरुको एक बृहत भेला राजधानी सिउलमा हुन गईरहेको समाचार छ ।

देशमा चाँडो शान्ति स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्नुपर्ने आजको आवश्यकता बारे राप्ती अञ्चल भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।

नेपालीहरको महानपर्व बडादशैं तथा दिपावली एवं कोरियाको महानपर्व सुचकको अवसरमा आयोजित उक्त कार्यक्रम दाङ सम्पर्क समितिको तत्वावधानमा हुन गईरहेको हो । आगामी अक्टोबर ५ तारिख दिनको ५ बजेदेखि हुने भनिएको सो कार्यक्रमको उदेश्यका बारेमा राज्य र माओबादीबाट पींडित भएर दक्षिण कोरिया आएका प्रवासी नेपालीबिच छलफल गरी सरकारलाई घचघच्याउने रहेको आयोजकहरु बताउँछन् । स्मरण रहोस् प्रवासमा यस खालको अञ्चल स्तरिय भेला पहिलोपटक हुन लागेको हो  दाङ, प्युठान, रोल्पा, सल्यान र रुकुमबाट रोजगार तथा अन्य प्रयोजनका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबिच भेटघाट, शुभकामना आदान प्रदान र जलपान कार्यक्रम राजधानी सिउलको उबुजिरो स्थित प्रवासी मजदूर युनियनको कार्यालयमा हुने बुझिएको छ ।

अव राजको हातमा कुनै पनि अधिकार नरहेको घोषणा
काठमाडौ

राजाले कुनै पनि आदेश जारी गर्न र प्रमाणिकरण गर्न नपाउने विधेयकलाई प्रतिनिधि सभाको २७ भदौंको बैठकले सर्वसम्मतले पारित गरेको छ। त्यसलाई अव राजको हातमा कुनै अधिकार नरहेको दावी सांसदहरुले गरेका छन्।

विधेयकमा श्री ५ ले गर्दै आएको लिखतको प्रमाणिकरण गर्ने काम नेपाल सरकारले तोकेको व्यक्तिले गर्ने लगायतका व्यवस्था गरिएको छन्। यो प्रस्ताव पारित भएपछि प्रतिनिधीसभा घोषणा पछि पनि राजाको हातमा बाँकी रहेका केही राजकीय, कार्यकारी र व्यवस्थापिका अधिकार प्रधानमन्त्री, मन्त्रीपरिषद्, सभामुख र संसदमा आएको छ।  यस्तै स्वास्थ्यमन्त्री अमिक शेरचनले पेस गर्नुभएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान विधेयकमा विचार गरियोस भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरिएको छ । आजको बैठकमा सांसद परशुराम नेगी गुरुङले प्रतिनिधिसमा नियमावली संसोधन गर्नको लागि सदस्यको नामसहित समिति गठनको प्रस्ताव पेस गर्नुभयो ।

नयाँ व्यवस्था प्रति कुटनीतिज्ञहरुले असहमति जनाएपछि भारतलगायतका विभिन्न देशमा अहिलेसम्म राजदूत नियुक्ति हुन सकेका छैनन् । एक पदमा ३ उम्मेदवारको नाम पठाउने र त्यसमा संसदीय सुनुवाई समितिले सुनुवाई मार्फत १ जना छनौट गरी सरकारलाई सिफारिस गर्ने व्यवस्थाप्रति कुटनितिज्ञहरुले असन्तुष्टि जनाउँदै आएका छन् ।

दक्षिण कोरियामा नेपाली कामदार पीडित
दक्षिण कोरिया

नेपाली कामदारको आकर्षणको केन्द्रबिन्दु बनेको दक्षिण कोरियामा नेपाली कामदारले कस्तो अवस्था बेहोर्नुपरेको छ भन्ने दारुण प्रतिवेदन अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेशनलले हालै सार्बजनिक गरेको  छ ।

कोरियामा पुग्ने आप्रवासीले प्रशस्त पैसा कमाउन सक्ने भए पनि कामदारका लागि उत्तिकै खतरा रहेको प्रतिवेदनमा उल्लेख छ । कामदारले बिरामी हुँदा समयमा नै उपचार नहुने, आफ्ना मानिसलाई भेटघाटमा पूर्ण प्रतिबन्ध, कामदारप्रति कम्पनीले कामदारका लागि दिनुपर्ने सुविधा उपालब्ध नगराउने गरेको बताइएको छ । कतिपय कामदारले आत्महत्या गर्नुको पछाडि घर फ़र्कने पैसा अभाव रहेको प्रतिवेदनमा उल्लेख छ । थुप्रै कामदार घर फ़र्कने पैसा नभएका कारण कोरियामा नै ज्यान पालेर बस्न बाध्य भएकानि छन् । खासगरी कोरियामा नेपाललगायत चीन, भियतनाम, बंगलादेश, फिलिपिन्स र इन्डोनेसियालगायत देशबाट वैध वा अवैधरुपमा कामदार जाने गरेका छन् । त्यहाँको अवस्था जस्तोसुकै भए पनि वेरोजगार नेपालीहरु भने कोरिया जान मरिहत्ते गर्ने गरेको पनि पाईन्छ ।विश्वभर एकसाथ सार्वजनिक गरेको उक्त प्रतिवेदनमा दक्षिण कोरियामा हजारौं नेपाली कामदार भेदभाव, शोषण र दयनीय अवस्थाले आत्महत्यासमेत गर्न बाध्य भएको उल्लेख छ । ‘दक्षिण कोरिया, आप्रवासी कामदारको शोषण र ज्यादती’ शिर्षक उक्त प्रतिवेदनमा ५० हजार नेपाली दक्षिण कोरियामा रहेको र उनीहरू अन्य मुलुकबासीको दाँजोमा बढी पीडित, शोषित भएको छ ।

चट्याङ्गमा परी ४ को मृत्यु ९ घाइते
धादिङ

धादिङ को भूमेस्थान गाविस-२ मा हिजो साँझ चट्याङ्ग पर्दा ४ जनाको मृत्यु भएको छ।

भूमेस्थान गाविसको डाँडाखर्कमा हिजो साँझ करिब सात बजे परेको चट्याङ्गमा परी अन्य ९ जना घाइते भएका छन् ।

सो घटनामा मारिने ८ वर्षिय दिनेश तामाङ, २२ वर्षिय चन्द्रकुमारी तामाङ, २५ वर्षिय आइते टुक्मा र ३३ वर्षिय नरबहादुर तामाङ रहेको बताइएको छ। प्रायः अचेत अवस्थामा रहेका घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।

नागरिक समाजले राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने
काठमाडौ

आठ बुँदे सहमतिबाट विचलित हुन पाइन्न, संविधान सभाको निर्वाचनको तिथि घोषणा गरिहाल, प्रतिनिधि सभा विघटन गरिहाल, आम जनतालाई दुई बेग्लाबेग्लै सेना र सरकारको आर्थिक, सामाजिक बोझबाट मुक्त गर भन्ने जस्ता नारासहित आज दिउासो ३ बजे माइतीघरको मण्डलामा प्रदर्शन गर्न लागिएको हो । नागरिक समाजले विगत केही समययता सडक स्रघर्ष गरिरहेको छ। यसअघि समाजले रत्नपार्कमा धर्ना र बसन्तपुरमा सभा आयोजना गरेको थियो । सरकारको कार्यशैलीको विरोध र संविधानसभाको मिति घोषणालगायतको माग गर्दै नागरिक समाजले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। आज पनि जनआन्दोलनको मर्म र गन्तव्य बोध गर्दै सात दलदेखि माओवादीसम्मका नेताहरुलाई खवरदारी गर्न, तिनलाई आन्दोलनको उद्देश्यबाट विचलित हुन नदिन लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने हामी सवै आन्दोलनमा लागिरहनु पर्ने अवस्था भन्दै समाजले आज दिउँसो ३ बजे माइतिघर मण्डलामा आयोजित लोकतन्त्रको मान्यता सहितको गणतन्त्रमा विश्वास गर्ने सम्पूर्ण नागरिक समुदायको व्यापक सहभागिताको निम्ति अनुरोध गरेको छ।

जलविद्युतको धनी देश मानिएको नेपालमा लोड सेटिङ्ग भदौ तेस्रो सातादेखि
काठमाडौ

हाल कालीगण्डकी ए को एउटा मेशिन नियमित मर्मतका लागि भदौ तेस्रो सातादेखि ५० दिन बन्द गरिनुपर्ने र कुलेकाखानीमा पर्याप्त पानी नहुने भएकाले लोड सेटिङ्ग गर्नु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यो वर्ष पुसमा दैनिक ७ लाख युनिट, माघमा १४ लाख युनिट र फागुनमा १८ लाख युनिट विजुली अपुग हुने अनुमान गरिएको छ। जसका कारण पुसमा १ ग्राहकले दैनिक ३ घण्टा, माघमा ५ घण्टा, फागुनमा ९ घण्टा र चैतमा ५ घण्टा अँध्यारोमा बस्नुपर्नेछ । तर यो अवधिमा भारतसँग ५० मेगावाट विजुली खरिद गर्न सके लोड सेटिङ्गको अवधि कम गर्न सकिने प्राधिकरणले जनाएको छ। भदौ तेस्रो साताबाट देश लोड सेटिङ्ग  हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले भदौको तेस्रो सातादेखि विद्युत आपुर्तिमा कटौती गर्ने भएको हो । प्राधिकरणद्वारा जारी स्वेतपत्रमा गत वर्ष प्राधिकरणले २ अर्ब ४७ करोड घाटा बेहोर्नु परेको उल्लेख छ । महंगो दरमा विजुली खरिद गर्नु, विद्युत चुहावट उच्च रहनु र सरकारलाई तिर्नुपर्ने उच्च ब्याजदर तथा ५ वर्षदेखि महशुलमा समायोजन हुन नसक्दा घाटा धेरै भएको दावी प्राधिकरणले गरेको छ। प्राधिकरणले बिहीबार स्वेतपत्र जारी गर्दै सुरुमा हप्तामा २ घण्टा ३० मिनेट विजुली कटौती हुने जानकारी गराएको हो । गत वर्ष लोड सेटिङ्गको मारबाट पीडित नेपालीहरुले यो वर्ष भने दिनको ९ घण्टासम्म अँध्यारोमा बिताउनुपर्ने भएको छ।

नेपालमा पनि बिश्व आदिबासी दिवस
काठमाडौं

बिश्व आदिबासी दिवसको अवसरमा राजधानीमा बृहत रयाली तथा झांकी प्रदर्शन गरियो । दशरथ रंगशाला त्रिपुरेश्वरबाट शुरु भएको रयाली तथा झाँकी रत्नपार्क, बाघबजार, पुतली सडक, सिंहदरबार गेट हुँदैं पुनः दशरथ रंगशालामा नै पुगेर सभामा परिणत भएको थियो । नेपालमा पनि आदिबासी बिभिन्न संघसंस्थाले बिश्व आदिबासी दिवस सप्ताहब्यापीरुपमा बिभिन्न कार्यक्रमकासाथ मनाईरहेका छन् । देशभरि नै उनीहरले यो दिवसलाई अधिकारमुखी आन्दोलनकोरुपमा मनाईरहेको बताईन्छ । रयालीमा जनजातिहरुले आ-आफ़्नो मौलिकता झल्कने भेषभुषा, गर-गहना लगाई बाजागाजासहितको झाँकी प्रदर्शन गरेका थिए ।संयुक्त राष्ट्रसंघले सन् १९९३ अगष्त ९ का दिनलाई बिश्व आदिबासी दिवसको घोषणा गरेअनुसार बुधबार बिश्वभरिनै यो दिवस बिभिन्न कार्यक्रमहरुकासाथ मनाईएको  थियो । जनजातिहरुको राष्ट्रिय भेलाबाट २४ बुँदे काठमाडौं घोषणा पत्र पनि जारी गरिएको छ । जारी घोषणापत्रमा राजतन्त्र र गणतन्त्रको फैसला संबिधानसभासंगै जनमतसंग्रहबाट हुनुपर्ने उल्लेख छ  राज्य, माओबादी, सेना र हतियार ब्यवस्थापन गरी संबिधान सभाको चुनाव गर्नुपर्नेमा घोषणापत्रमा जोड दिईएको छ । साथै संबिधान सभाले सार्बभौम स्वतन्त्रता र लोकतन्त्रसंगै गणतान्त्रिक राज्य स्थापना गर्न माग गरिएको छ । घोषणा पत्रमा बहुपक्षिय सम्मेलनद्धारा अन्तरिम संसदको गठन गरिनुपर्ने उल्लेख छ । साथै घोषणा पत्रमा राज्यले बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने माग पनि जोडदारका साथ उठाएका छन ।

नक्कली राहदानी र एस.एल.सी को नक्कली प्रमाण पत्र सहयोगीहरु २ जना पक्राउ
काठमाडौ

प्रहरी प्रदान कार्यालय अपराध अनुसन्धान शाखाका टोलीले ठगी अपराधमा विहिबार सिनामंगलबाट पक्राउ गरेको बुटबलका ओम प्रकाश गुरुङ र उनका सहयोगी संखुवासभाका राजेन्द्र गुरुङबाट दई कुटनीतिक राहदानी र एस.एल.सी को नक्कली प्रमाण पत्र एक थान बरामद गरेको थियो ।

बैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ व्यक्तिबाट बरामद भएको कुटनीति राहदानी सम्बन्धमा मुद्दा चलाउने वा नचलाउने भन्नेबारे प्रहरीले कुनै निर्णय लिन सकेको छैन ।

परराष्ट्र मन्त्रालयले ती दुबै राहदानीहरु एमाले सांसदहरु सप्तरीका जगदीश शाह र कपिल वस्तुका दानबहादुर चौधरीको नाममा जारी भएको लिखित जबाफ प्रहरीलाई दिएको छ । शाह सप्तरी र चौधरी कपिल वस्तुका स्थायी निवासी हुन् । सांसदद्वयले राहदानी आफुहरुको भएको स्वीकार गरेका छन् । उनीहरुलाई कोटेश्वर स्थित विश्वमैत्री तथा शान्ति अभियान नेपालका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय संयोजक ओम प्रकाशलाई भिसा लगाउन राहदानी दिएको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज कुमारका अनुसार पक्राउ गुरुङहरुलाई ठगी र सरकारी मुद्दामा शुक्रबार जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद लिइसकेको छ । सरकारी वकिल र कानुनको ज्ञातासंग सल्लाह लिएर आज मात्र यस सम्बन्धमा मुद्दा चल्न सक्ने डीएसपी ओलीले बताएका छन्  l

इजरायले पारो लेबनका लाखौ जनताको बिजोक
टायर

इजरायली सेनाका बम बर्षक विमानले लेबनानमाथि अन्धाधुन्ध आक्रमण जारी राखेपछि त्यहाँस्थित दक्षिणी क्षेत्रका करिब ७० प्रतिशत -तीन लाख ५० हजार) स्थानीयवासी पलायन भएका छन् । इजरायलले लगातार आक्रमण जारी राखेपछि त्यहाँबाट यसरी मानव पलायन सुरु भएको हो । ती क्षेत्रमा सिया मुस्लिम मिलिसिया हिजबुल्लाको बाहुल्य छ । इजरायली आक्रमण तीब्र भएपछि लेबनानमा खाद्यान्न अभाव सिर्जना भएको छ।  इजरायलले हिजबुल्ला लडाकुका अखडा ध्वस्त बनाउन दक्षिण लेबनानका जनतालाई त्यहाँ नबस्न आग्रह गरेको थियो । इजरायलले सो क्षेत्रमा २३ टन बढी विष्फोटक पदार्थ खसालेको छ। इजरायली आक्रमणबाट कम्तीमा तीन सय १० जनाको मृत्यु भइसकेको छ । तीमध्ये २ सय ८० जना सर्वसाधारण र २३ जना सैनिक छन् । करिब ६ सय ५० जना घाइते भएका छन् । आक्रमणको समयमा हिजबुल्लाहले सर्वसाधारण जनतालाई मानव ढालका रुपमा प्रयोग गर्न सक्ने कारण देखाउँदै इजराउलले सो आग्रह गरेको हो । हिजबुल्लाहको आक्रमणमा इजरायलमा कम्तीमा २५ जनाको ज्यान गएको छ। संयुक्त राष्ट्र संघले इजरायली आक्रमण सुरु भएयता ५ लाख बढी लेबनानी जनताले आफ्नो घर छाडिसकेको भन्दै लेबनानमा मानवीय विपत्ति सिर्जना हुनसक्ने चेतावनी दिएको छ । आक्रमणबाट जोगिन अन्यत्र पलायन हुन नसकी घरभित्रै अलपत्र परेका जनता दैनिक स्वास्थ्य तथा उपभोग्य सामग्रीको अभावमा कष्टकर जीवन बिताउन बाध्य बनेका छन् । इजरायलले पूर्णस्तरको हवाई तथा स्थल कारबाही तीब्र बनाइरहेका बेला यहाँ अलपत्र परेका हजारौ विदेशी नागरिकलाई युद्धको खतराबाट बचाउन सम्बन्धित मुलुकहरुले उद्धारकार्य जारी राखेका छन् । प्रहरीले  दिएको जानकारीअनुसार इजरायलले आक्रमणमा व्यापक मात्रामा अमेरिकी हतियार प्रयोग गरिरहेको बताएका छन् ।

पत्रकारहरुसँग चन्दा माग
बुटवल

बुटवल, माओवादी निकट अनेरास्ववियु -क्रान्तिकारी ले कपिलवस्तुका पत्रकारहरुसँग चन्दा माग गरेको छ ।

पत्रकारहरुसँग चन्दा मागिएको यो पहिलो पटक हो । क्रान्तिकारीका केन्द्रीय अध्यक्ष लेखनाथ न्यौपानेको हस्ताक्षरमा रहेको पत्रमा उचित आर्थिक सहयोग गर्न भनिएको छ । श्रावण ९ गतेको मितिमा लेखिएको सो पत्र नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखामा बुझाइएको महासंघका सदस्य पार्वती पाण्डेले बताएकि छन।

शाखा सभापति नारायणप्रसाद पौडेलले पत्रकार महासंघसँग चन्दा माग गर्नु क्रान्तिकारीको कमजोरी भएको भनिएको छ । माओवादीले नयाँ सत्ता दाबा गरिरहेको बेला हामीलाई आर्थिक सहयोग दिने हिम्मत गर्नुपर्छु- ।

पहिरोमा परी १० को मृत्यु
काठमाडौ

आज बिहान रसुवा जिल्लाको यार्सा क्षेत्रमा गएको पहिरोमा परी १०जनाको मृत्यु भएको छ ।

पहिरोमा सुकबहादुर घलेको एकै परिवारका ५ सदस्यसहित १० जनाको मृत्यु भएको प्रहरीले बताएका छन । साथै घोसिङ घलेका परिवारका पनि चार सदस्यको मृत्यु भएका  छन। पहिरोले चार घर बगाएको थाहा भएको छ । पहिरोमा परी थर्मी प्रथामिक विद्यालयसमेत क्षतिग्रस्त भएको छ । हाल प्रहरी टोली घटनास्थलतर्फ गइसकेको बताइएको छ । घटनाको पूर्ण विवरण आउन सकेको छैन ।

दुई काङ्ग्रेसबीच फेरी एकता शुरू हुने प्रयास
काठमाण्डौ

तीन वर्ष अघि फुटेका दुईवटा काङ्ग्रेसबीच फेरी एकता प्रयास शुरू हुने भएको छ। नेपाली काङ्ग्रेसको १६ साउनमा बसेको बैठकमा सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी एकताको अवश्यकता औल्याएपछि सदस्यहरुले उक्त सम्भावना प्रवल बनेको अनुमान गरेका छन् । अघिल्ला बैठकहरुमा अन्य पदाधिकारी वा सदस्यले उठाउने गरेको एकताको प्रसंग स्वयं सभापतिद्वारा नै आएपछि सहभागिहरुले त्यसलाई निकै महत्वका साथ लिएका छन्।  कोइरालाले वर्तमान परिस्थितिमा चुनौतिको सामना गर्न पार्टी एकता आवश्यक रहेको भन्दै एकताको प्रसंग झिकेको ति सदस्यले बताए। स्रोतका अनुसार, प्रजातान्त्रिक काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र त्यस पार्टीमा एकताका कट्टर पक्षपातीको रुपमा चिनिएको बिजयकुमार गच्छदार समुहले हालै सभापति कोइरालासंग छुट्टाछुट्टै भेट गरेका थिए। गिरिजाबाबुले आफै एकताको कुरा उठाउनु भयो- एकजना केन्द्रीय सदस्यले भने, त्यसैले हामीले एकताको निम्ति आन्तरिक रुपमा केही भइरहेको अनुमान गरेका छौं। जारी बैठकमा एकताको कुरा प्रस्तावको रुपमा आउन सक्छ ।

स्रोतका अनुसार, एकता विराधी शक्तिले खेल्न नपाउन भनेर सार्वजनिक रुपमा एकता प्रयास प्रकट नगरिएको बताइएको छ। विहान साढे ८ बजे शुरू भई ११ बजे सकिएको बैठकमा अन्तरिम संविधान मस्यौदा समितिलाई दिने सुझावको बारेमा छलफल भयो। १७ साउनको विहान ८ बजे फेरी बस्ने गरी सकिएको बैठकमा सभापतिले संयुक्त राष्ट्रसंघको टोलीसंग भएको कुराकानीको बारेमा पनि जानकारी दिएका थिए। आफुले उक्त टोलीलाई समस्याको गहिराइमा पुगेर हेर्न र कदम चाल्न सल्लाह दिएको जानकारी कोइरालाले गराएका थिए।

सरकारले प्रधानसेनापति प्यारजंग थापासंग बयानलिने तयारीमा
काठमाडौ

प्रधानमन्त्री निवास बालुवाटारमा सम्वाददाताहरुसँग कुरा गर्दै रक्षा सचिव विष्णुदत्त उप्रेतीले सरकारको निर्देशनमा प्रधानसेनापति थापा बयान दिन राजी भएको बताएका छन l सरकारको निर्देशनमा प्रधानसेनापति प्यारजंग थापा पर्सी बिहीबार बयान दिन उच्चस्तरीय छानविन आयोग जाने भएका छन् । प्रधानसेनापति थापासँग जनआन्दोलनमा भएको दमनका बारेमा बयान लिने तयारी गरेको भएपनि  पूर्व निर्धारित कार्यक्रम भन्दै पोखरा भ्रमणमा निस्कनु भएको थियो ।

आयोगलाई महत्व नदिएको र बयान छल्ने प्रयास गरेको भन्दै सेनाको चौतर्फी आलोचना भएको छ । त्यस्तै आयोगका अध्यक्ष कृष्णजंग रायमाझीले समेत हिजो आयोगको छानविनमा सरकारले असहयोग गरेको आरोप लगाएका थिए । रक्षा सचिवका अनुसार प्रधानसेनापतिको बयानपछि अन्य सैनिक अधिकारी पनि बयानका लागि आयोग जाने भएका छन् ।

मलेसियामा १५ सय विदेशी कामदार जेलमा
मलेसिया

मलेसियाली स्वयंसेवी दस्ताले अवैध आप्रवासीविरुद्ध संचालन गरेको कारबाहीका क्रममा उनीहरु यसरी सुरक्षा घेरामा परेको बताइएको छ। प्राप्त समाचारअनुसार अवैध आप्रवासी विरुछ संचालन गरिएको अहिलेसम्मकै यो ठुलो कारबाही हो । अत्याधिक मात्रामा नेपालीहरु कार्यरत रहेको मलेसियाको पश्चिमी सेलान्गोर राज्यस्थित एक कारखानामा कार्यरत नेपालीसहित एक हजार पाँच सय बढी अवैध आप्रवासी कामदार सुरक्षा घेरामा परेका  छन । आइतबार पनि केही विदेशी कामदार पक्राउ गरेको बताइएको छ। उनीहरुलाई छानविनपछि आवश्यक कानुनी कारबाही गरिने स्टार डेलीले जनाएको छ। गत जुलाईमा मलेसियामा अवैध आप्रवासीविरुद्ध चयाँ चरणको कारबाही संचालन गर्ने घोषणा गरेको थियो

स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा कारबाही गरिएको र उक्त सुरक्षा घेरामा नेपाल, भूटान, इण्डोनेसिया, म्यान्मा, भियतनाम र कम्बोडियाका कामदार परेका छन् । स्टार डेली नामक पत्रिकाले जनाएअनुसार अवैध आप्रवासी काम गरिरहेका स्थानमा खानतलासी गर्ने कार्यमा प्रहरीले सहयोग पुर्‍याइरहेको छ। स्वयम्सेवी दस्ताले दक्षिणी क्लालालम्पुरको एक आवास गृहबाट यता नेपालस्थित परराष्ट्र मन्त्रालयले भने मलेसियामा रहेका नेपालीहरु उक्त सुरक्षा घेरामा परेको बारे कुनै  गराएको छैन।

दिउँसै लाखौ लुटपाट
काठमाडौ

७/८ जनाको समुहमा हतियारसहित आएका ती अज्ञात व्यक्तिहरुले लुटपाट गर्नुको साथै कार्यालयमा रहेका २ जनालाई सख्त घाइते बनाएका छन् । काठमाडौ कोटेश्वरको ढुंगे धारामा रहेको घरजग्गा सम्बन्धि कार्यालयबाट  विहान करिव ११:३० बजेतिर करिव ६ लाख रुपैया र २ थान मोवाइल सेट लुटिएको छ । घाइते २ जना मध्ये गिरिको टाउको फुटेएको जनाइएको छ । घाइते दुबै जनाको वीर अस्पतालमा उपचार सकेर घर फर्किसकेका छन् ।  एक महिला सहित आएका ति हतियारधारीहरुले कार्यालयमा काम गर्ने भुपेन्द्र गिरी र प्रज्वल कुमार बज्राचार्यलाई काठको हतियार प्रयोग गरी घाइते बनाएको वडा प्रहरी कार्यालय कोटेश्वरले जनाएको छ ।

सिन्धुपाल्चोक कदमबास वडा नं. ६ घर भई हाल काठमाडौ महानगरपालिका वडा ३४ शान्ति नगर बस्ने घाइते गिरि र कोटेश्वर बस्ने बज्राचार्य दुबै घरजग्गा बेचबिखन सम्बन्धि काममा संलग्न भएको थाहा भएको छ । जग्गा सम्बन्धि लेनदानका कारण घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।