अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

September 30, 2006

प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो

Filed under: समाचार

काठमाण्डौ
प्रधानमन्त्रीले विजयादशमीका दिन राजाको हातबाट टीका ग्रहण गर्ने यो परम्परा तोडिएको यो पहिलो पटक हो । सेरेमोनियल किङको अभिब्यक्ति दिएर चरम बिबादमा मुछिएका प्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाले यसपटकदेखि राजाको हातको टिका ग्रहण नगर्ने उद्घोष गरेको समाचार छ । प्रधानमन्त्री कोइरालाको पारिवारिक सुत्रका अनुसार दशै अवधिभर उहाँ विराटनगरमै वस्नु हुनेछ । प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला दशैं मनाउन शुक्रबार विहान ९ बजे गृहनगर विराटनगर जानुभएको हो । उहाँ ५ दिनसम्म विराटनगरमा रहनुहुने बताइएको छ ।
लोकतान्त्रिक सरकार बहाली भएको पहिलो दशैं अहिले नेपालीको घरआंगनमा भित्रिएको छ । राजाको स्थान जोगाउने अभिमतमा आफुलाई खुलेर उभ्याउने कोईरालाले राजाको हातबाट टिका बहिष्कार गरिनुलाई रहष्यमय ढंगले हेरिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/09/30/pra-7/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker