अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

September 18, 2006

दक्षिण कोरियामा राप्ती अञ्चलस्तरिय भेला हुने

Filed under: समाचार

दक्षिण कोरिया
दक्षिण कोरियामा रहेका राप्ती अञ्चलबासी प्रवासी नेपालीहरुको एक बृहत भेला राजधानी सिउलमा हुन गईरहेको समाचार छ ।
देशमा चाँडो शान्ति स्थापनाका लागि एकताबद्ध भई अगाडि बढ्नुपर्ने आजको आवश्यकता बारे राप्ती अञ्चल भेलाले महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।
नेपालीहरको महानपर्व बडादशैं तथा दिपावली एवं कोरियाको महानपर्व सुचकको अवसरमा आयोजित उक्त कार्यक्रम दाङ सम्पर्क समितिको तत्वावधानमा हुन गईरहेको हो । आगामी अक्टोबर ५ तारिख दिनको ५ बजेदेखि हुने भनिएको सो कार्यक्रमको उदेश्यका बारेमा राज्य र माओबादीबाट पींडित भएर दक्षिण कोरिया आएका प्रवासी नेपालीबिच छलफल गरी सरकारलाई घचघच्याउने रहेको आयोजकहरु बताउँछन् । स्मरण रहोस् प्रवासमा यस खालको अञ्चल स्तरिय भेला पहिलोपटक हुन लागेको हो दाङ, प्युठान, रोल्पा, सल्यान र रुकुमबाट रोजगार तथा अन्य प्रयोजनका लागि दक्षिण कोरियामा रहेका नेपालीहरुबिच भेटघाट, शुभकामना आदान प्रदान र जलपान कार्यक्रम राजधानी सिउलको उबुजिरो स्थित प्रवासी मजदूर युनियनको कार्यालयमा हुने बुझिएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/09/18/kor_6/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker