धादिङ
धादिङ को भूमेस्थान गाविस-२ मा हिजो साँझ चट्याङ्ग पर्दा ४ जनाको मृत्यु भएको छ।
भूमेस्थान गाविसको डाँडाखर्कमा हिजो साँझ करिब सात बजे परेको चट्याङ्गमा परी अन्य ९ जना घाइते भएका छन् ।
सो घटनामा मारिने ८ वर्षिय दिनेश तामाङ, २२ वर्षिय चन्द्रकुमारी तामाङ, २५ वर्षिय आइते टुक्मा र ३३ वर्षिय नरबहादुर तामाङ रहेको बताइएको छ। प्रायः अचेत अवस्थामा रहेका घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।