काठमाडौ
आठ बुँदे सहमतिबाट विचलित हुन पाइन्न, संविधान सभाको निर्वाचनको तिथि घोषणा गरिहाल, प्रतिनिधि सभा विघटन गरिहाल, आम जनतालाई दुई बेग्लाबेग्लै सेना र सरकारको आर्थिक, सामाजिक बोझबाट मुक्त गर भन्ने जस्ता नारासहित आज दिउासो ३ बजे माइतीघरको मण्डलामा प्रदर्शन गर्न लागिएको हो । नागरिक समाजले विगत केही समययता सडक स्रघर्ष गरिरहेको छ। यसअघि समाजले रत्नपार्कमा धर्ना र बसन्तपुरमा सभा आयोजना गरेको थियो । सरकारको कार्यशैलीको विरोध र संविधानसभाको मिति घोषणालगायतको माग गर्दै नागरिक समाजले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गर्ने भएको छ। आज पनि जनआन्दोलनको मर्म र गन्तव्य बोध गर्दै सात दलदेखि माओवादीसम्मका नेताहरुलाई खवरदारी गर्न, तिनलाई आन्दोलनको उद्देश्यबाट विचलित हुन नदिन लोकतान्त्रिक गणतन्त्रमा विश्वास गर्ने हामी सवै आन्दोलनमा लागिरहनु पर्ने अवस्था भन्दै समाजले आज दिउँसो ३ बजे माइतिघर मण्डलामा आयोजित लोकतन्त्रको मान्यता सहितको गणतन्त्रमा विश्वास गर्ने सम्पूर्ण नागरिक समुदायको व्यापक सहभागिताको निम्ति अनुरोध गरेको छ।