काठमाडौ
हाल कालीगण्डकी ए को एउटा मेशिन नियमित मर्मतका लागि भदौ तेस्रो सातादेखि ५० दिन बन्द गरिनुपर्ने र कुलेकाखानीमा पर्याप्त पानी नहुने भएकाले लोड सेटिङ्ग गर्नु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। यो वर्ष पुसमा दैनिक ७ लाख युनिट, माघमा १४ लाख युनिट र फागुनमा १८ लाख युनिट विजुली अपुग हुने अनुमान गरिएको छ। जसका कारण पुसमा १ ग्राहकले दैनिक ३ घण्टा, माघमा ५ घण्टा, फागुनमा ९ घण्टा र चैतमा ५ घण्टा अँध्यारोमा बस्नुपर्नेछ । तर यो अवधिमा भारतसँग ५० मेगावाट विजुली खरिद गर्न सके लोड सेटिङ्गको अवधि कम गर्न सकिने प्राधिकरणले जनाएको छ। भदौ तेस्रो साताबाट देश लोड सेटिङ्ग हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले भदौको तेस्रो सातादेखि विद्युत आपुर्तिमा कटौती गर्ने भएको हो । प्राधिकरणद्वारा जारी स्वेतपत्रमा गत वर्ष प्राधिकरणले २ अर्ब ४७ करोड घाटा बेहोर्नु परेको उल्लेख छ । महंगो दरमा विजुली खरिद गर्नु, विद्युत चुहावट उच्च रहनु र सरकारलाई तिर्नुपर्ने उच्च ब्याजदर तथा ५ वर्षदेखि महशुलमा समायोजन हुन नसक्दा घाटा धेरै भएको दावी प्राधिकरणले गरेको छ। प्राधिकरणले बिहीबार स्वेतपत्र जारी गर्दै सुरुमा हप्तामा २ घण्टा ३० मिनेट विजुली कटौती हुने जानकारी गराएको हो । गत वर्ष लोड सेटिङ्गको मारबाट पीडित नेपालीहरुले यो वर्ष भने दिनको ९ घण्टासम्म अँध्यारोमा बिताउनुपर्ने भएको छ।