काठमाडौं
बिश्व आदिबासी दिवसको अवसरमा राजधानीमा बृहत रयाली तथा झांकी प्रदर्शन गरियो । दशरथ रंगशाला त्रिपुरेश्वरबाट शुरु भएको रयाली तथा झाँकी रत्नपार्क, बाघबजार, पुतली सडक, सिंहदरबार गेट हुँदैं पुनः दशरथ रंगशालामा नै पुगेर सभामा परिणत भएको थियो । नेपालमा पनि आदिबासी बिभिन्न संघसंस्थाले बिश्व आदिबासी दिवस सप्ताहब्यापीरुपमा बिभिन्न कार्यक्रमकासाथ मनाईरहेका छन् । देशभरि नै उनीहरले यो दिवसलाई अधिकारमुखी आन्दोलनकोरुपमा मनाईरहेको बताईन्छ । रयालीमा जनजातिहरुले आ-आफ़्नो मौलिकता झल्कने भेषभुषा, गर-गहना लगाई बाजागाजासहितको झाँकी प्रदर्शन गरेका थिए ।संयुक्त राष्ट्रसंघले सन् १९९३ अगष्त ९ का दिनलाई बिश्व आदिबासी दिवसको घोषणा गरेअनुसार बुधबार बिश्वभरिनै यो दिवस बिभिन्न कार्यक्रमहरुकासाथ मनाईएको थियो । जनजातिहरुको राष्ट्रिय भेलाबाट २४ बुँदे काठमाडौं घोषणा पत्र पनि जारी गरिएको छ । जारी घोषणापत्रमा राजतन्त्र र गणतन्त्रको फैसला संबिधानसभासंगै जनमतसंग्रहबाट हुनुपर्ने उल्लेख छ राज्य, माओबादी, सेना र हतियार ब्यवस्थापन गरी संबिधान सभाको चुनाव गर्नुपर्नेमा घोषणापत्रमा जोड दिईएको छ । साथै संबिधान सभाले सार्बभौम स्वतन्त्रता र लोकतन्त्रसंगै गणतान्त्रिक राज्य स्थापना गर्न माग गरिएको छ । घोषणा पत्रमा बहुपक्षिय सम्मेलनद्धारा अन्तरिम संसदको गठन गरिनुपर्ने उल्लेख छ । साथै घोषणा पत्रमा राज्यले बहुभाषिक नीति अवलम्बन गर्नुपर्ने माग पनि जोडदारका साथ उठाएका छन ।