अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

August 8, 2006

नक्कली राहदानी र एस.एल.सी को नक्कली प्रमाण पत्र सहयोगीहरु २ जना पक्राउ

Filed under: समाचार

काठमाडौ
प्रहरी प्रदान कार्यालय अपराध अनुसन्धान शाखाका टोलीले ठगी अपराधमा विहिबार सिनामंगलबाट पक्राउ गरेको बुटबलका ओम प्रकाश गुरुङ र उनका सहयोगी संखुवासभाका राजेन्द्र गुरुङबाट दई कुटनीतिक राहदानी र एस.एल.सी को नक्कली प्रमाण पत्र एक थान बरामद गरेको थियो ।
बैदेशिक रोजगार ठगी मुद्दामा पक्राउ व्यक्तिबाट बरामद भएको कुटनीति राहदानी सम्बन्धमा मुद्दा चलाउने वा नचलाउने भन्नेबारे प्रहरीले कुनै निर्णय लिन सकेको छैन ।
परराष्ट्र मन्त्रालयले ती दुबै राहदानीहरु एमाले सांसदहरु सप्तरीका जगदीश शाह र कपिल वस्तुका दानबहादुर चौधरीको नाममा जारी भएको लिखित जबाफ प्रहरीलाई दिएको छ । शाह सप्तरी र चौधरी कपिल वस्तुका स्थायी निवासी हुन् । सांसदद्वयले राहदानी आफुहरुको भएको स्वीकार गरेका छन् । उनीहरुलाई कोटेश्वर स्थित विश्वमैत्री तथा शान्ति अभियान नेपालका उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय संयोजक ओम प्रकाशलाई भिसा लगाउन राहदानी दिएको दावी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी सरोज कुमारका अनुसार पक्राउ गुरुङहरुलाई ठगी र सरकारी मुद्दामा शुक्रबार जिल्ला अदालतबाट ७ दिनको अनुसन्धान म्याद लिइसकेको छ । सरकारी वकिल र कानुनको ज्ञातासंग सल्लाह लिएर आज मात्र यस सम्बन्धमा मुद्दा चल्न सक्ने डीएसपी ओलीले बताएका छन् l

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/08/08/na-9/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker