अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

August 5, 2006

इजरायले पारो लेबनका लाखौ जनताको बिजोक

Filed under: समाचार

टायर
इजरायली सेनाका बम बर्षक विमानले लेबनानमाथि अन्धाधुन्ध आक्रमण जारी राखेपछि त्यहाँस्थित दक्षिणी क्षेत्रका करिब ७० प्रतिशत -तीन लाख ५० हजार) स्थानीयवासी पलायन भएका छन् । इजरायलले लगातार आक्रमण जारी राखेपछि त्यहाँबाट यसरी मानव पलायन सुरु भएको हो । ती क्षेत्रमा सिया मुस्लिम मिलिसिया हिजबुल्लाको बाहुल्य छ । इजरायली आक्रमण तीब्र भएपछि लेबनानमा खाद्यान्न अभाव सिर्जना भएको छ। इजरायलले हिजबुल्ला लडाकुका अखडा ध्वस्त बनाउन दक्षिण लेबनानका जनतालाई त्यहाँ नबस्न आग्रह गरेको थियो । इजरायलले सो क्षेत्रमा २३ टन बढी विष्फोटक पदार्थ खसालेको छ। इजरायली आक्रमणबाट कम्तीमा तीन सय १० जनाको मृत्यु भइसकेको छ । तीमध्ये २ सय ८० जना सर्वसाधारण र २३ जना सैनिक छन् । करिब ६ सय ५० जना घाइते भएका छन् । आक्रमणको समयमा हिजबुल्लाहले सर्वसाधारण जनतालाई मानव ढालका रुपमा प्रयोग गर्न सक्ने कारण देखाउँदै इजराउलले सो आग्रह गरेको हो । हिजबुल्लाहको आक्रमणमा इजरायलमा कम्तीमा २५ जनाको ज्यान गएको छ। संयुक्त राष्ट्र संघले इजरायली आक्रमण सुरु भएयता ५ लाख बढी लेबनानी जनताले आफ्नो घर छाडिसकेको भन्दै लेबनानमा मानवीय विपत्ति सिर्जना हुनसक्ने चेतावनी दिएको छ । आक्रमणबाट जोगिन अन्यत्र पलायन हुन नसकी घरभित्रै अलपत्र परेका जनता दैनिक स्वास्थ्य तथा उपभोग्य सामग्रीको अभावमा कष्टकर जीवन बिताउन बाध्य बनेका छन् । इजरायलले पूर्णस्तरको हवाई तथा स्थल कारबाही तीब्र बनाइरहेका बेला यहाँ अलपत्र परेका हजारौ विदेशी नागरिकलाई युद्धको खतराबाट बचाउन सम्बन्धित मुलुकहरुले उद्धारकार्य जारी राखेका छन् । प्रहरीले दिएको जानकारीअनुसार इजरायलले आक्रमणमा व्यापक मात्रामा अमेरिकी हतियार प्रयोग गरिरहेको बताएका छन् ।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/08/05/le-5/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker