अज्ञात विषालु कीराको आतंक ::काठमाडौ महानगरपालिकामा १ सय ७२ अपराधिक घटना ::दुर्घटनामा परी चारको मृत्यु ३० घाइते ::आठै दलबीच शिखर वार्ता आज हुने ::प्रधानमन्त्रीले राजाको हातबाट टिका ग्रहण गर्ने परम्परा तोडियो ::राजदरबारले बेलायतबाट दशलाख पाउण्ड रोयल्टी लिने रहस्य खुला ::

To read this page Required Fonts (kalimati font)

August 2, 2006

दुई काङ्ग्रेसबीच फेरी एकता शुरू हुने प्रयास

Filed under: समाचार

काठमाण्डौ
तीन वर्ष अघि फुटेका दुईवटा काङ्ग्रेसबीच फेरी एकता प्रयास शुरू हुने भएको छ। नेपाली काङ्ग्रेसको १६ साउनमा बसेको बैठकमा सभापति गिरिजाप्रसाद कोइरालाले पार्टी एकताको अवश्यकता औल्याएपछि सदस्यहरुले उक्त सम्भावना प्रवल बनेको अनुमान गरेका छन् । अघिल्ला बैठकहरुमा अन्य पदाधिकारी वा सदस्यले उठाउने गरेको एकताको प्रसंग स्वयं सभापतिद्वारा नै आएपछि सहभागिहरुले त्यसलाई निकै महत्वका साथ लिएका छन्। कोइरालाले वर्तमान परिस्थितिमा चुनौतिको सामना गर्न पार्टी एकता आवश्यक रहेको भन्दै एकताको प्रसंग झिकेको ति सदस्यले बताए। स्रोतका अनुसार, प्रजातान्त्रिक काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र त्यस पार्टीमा एकताका कट्टर पक्षपातीको रुपमा चिनिएको बिजयकुमार गच्छदार समुहले हालै सभापति कोइरालासंग छुट्टाछुट्टै भेट गरेका थिए। गिरिजाबाबुले आफै एकताको कुरा उठाउनु भयो- एकजना केन्द्रीय सदस्यले भने, त्यसैले हामीले एकताको निम्ति आन्तरिक रुपमा केही भइरहेको अनुमान गरेका छौं। जारी बैठकमा एकताको कुरा प्रस्तावको रुपमा आउन सक्छ ।
स्रोतका अनुसार, एकता विराधी शक्तिले खेल्न नपाउन भनेर सार्वजनिक रुपमा एकता प्रयास प्रकट नगरिएको बताइएको छ। विहान साढे ८ बजे शुरू भई ११ बजे सकिएको बैठकमा अन्तरिम संविधान मस्यौदा समितिलाई दिने सुझावको बारेमा छलफल भयो। १७ साउनको विहान ८ बजे फेरी बस्ने गरी सकिएको बैठकमा सभापतिले संयुक्त राष्ट्रसंघको टोलीसंग भएको कुराकानीको बारेमा पनि जानकारी दिएका थिए। आफुले उक्त टोलीलाई समस्याको गहिराइमा पुगेर हेर्न र कदम चाल्न सल्लाह दिएको जानकारी कोइरालाले गराएका थिए।

Comments »

The URI to TrackBack this entry is: http://kathmandu.blogsome.com/2006/08/02/ka-3/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>


Google

Get free blog up and running in minutes with Blogsome
Theme designed by Riosoft

Click for Kathmandu, Nepal Forecast
काठमाण्‍डौ को तापक्रम:

web page hit counter
eXTReMe Tracker