काठमाडौ
प्रधानमन्त्री निवास बालुवाटारमा सम्वाददाताहरुसँग कुरा गर्दै रक्षा सचिव विष्णुदत्त उप्रेतीले सरकारको निर्देशनमा प्रधानसेनापति थापा बयान दिन राजी भएको बताएका छन l सरकारको निर्देशनमा प्रधानसेनापति प्यारजंग थापा पर्सी बिहीबार बयान दिन उच्चस्तरीय छानविन आयोग जाने भएका छन् । प्रधानसेनापति थापासँग जनआन्दोलनमा भएको दमनका बारेमा बयान लिने तयारी गरेको भएपनि पूर्व निर्धारित कार्यक्रम भन्दै पोखरा भ्रमणमा निस्कनु भएको थियो ।
आयोगलाई महत्व नदिएको र बयान छल्ने प्रयास गरेको भन्दै सेनाको चौतर्फी आलोचना भएको छ । त्यस्तै आयोगका अध्यक्ष कृष्णजंग रायमाझीले समेत हिजो आयोगको छानविनमा सरकारले असहयोग गरेको आरोप लगाएका थिए । रक्षा सचिवका अनुसार प्रधानसेनापतिको बयानपछि अन्य सैनिक अधिकारी पनि बयानका लागि आयोग जाने भएका छन् ।