मलेसिया
मलेसियाली स्वयंसेवी दस्ताले अवैध आप्रवासीविरुद्ध संचालन गरेको कारबाहीका क्रममा उनीहरु यसरी सुरक्षा घेरामा परेको बताइएको छ। प्राप्त समाचारअनुसार अवैध आप्रवासी विरुछ संचालन गरिएको अहिलेसम्मकै यो ठुलो कारबाही हो । अत्याधिक मात्रामा नेपालीहरु कार्यरत रहेको मलेसियाको पश्चिमी सेलान्गोर राज्यस्थित एक कारखानामा कार्यरत नेपालीसहित एक हजार पाँच सय बढी अवैध आप्रवासी कामदार सुरक्षा घेरामा परेका छन । आइतबार पनि केही विदेशी कामदार पक्राउ गरेको बताइएको छ। उनीहरुलाई छानविनपछि आवश्यक कानुनी कारबाही गरिने स्टार डेलीले जनाएको छ। गत जुलाईमा मलेसियामा अवैध आप्रवासीविरुद्ध चयाँ चरणको कारबाही संचालन गर्ने घोषणा गरेको थियो
स्थानीयवासीबाट प्राप्त सूचनाका आधारमा कारबाही गरिएको र उक्त सुरक्षा घेरामा नेपाल, भूटान, इण्डोनेसिया, म्यान्मा, भियतनाम र कम्बोडियाका कामदार परेका छन् । स्टार डेली नामक पत्रिकाले जनाएअनुसार अवैध आप्रवासी काम गरिरहेका स्थानमा खानतलासी गर्ने कार्यमा प्रहरीले सहयोग पुर्याइरहेको छ। स्वयम्सेवी दस्ताले दक्षिणी क्लालालम्पुरको एक आवास गृहबाट यता नेपालस्थित परराष्ट्र मन्त्रालयले भने मलेसियामा रहेका नेपालीहरु उक्त सुरक्षा घेरामा परेको बारे कुनै गराएको छैन।